ट्रेण्डिङ

होमपेज / समाज

सल्यानबाट औषधिसहितको चिकित्सकको टोली जाजरकोट

  सल्यान खबर डेस्क २०८० कार्तिक १८ गते शनिबार १४:४७:४४ मा प्रकाशित

 कात्तिक १८,सल्यान 
 भूकम्पका कारण  घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानका डाक्टरसहित स्वास्थ्यकर्मीको टिम  औषधि सहित जाजरकोट गएको छ । 

घाइतेलाई सहज रूपमा उपचार गर्न तथा डाक्टर र स्वास्थ्यकर्मीको अभाव हुन नदिन अस्पतालको डाक्टर र स्वास्थ्यकर्मीको टिम जाजरकोट पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर, दुई स्टाफ नर्स र एक प्यारामेडिक्सलाई जाजरकोट पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापन तथा प्रमुख डा. अर्जुन बुढा मगरले बताउनु भयो । डाक्टर तथा स्वास्थ्यकर्मीको टिमले आजैदेखि जाजरकोट पुगेर भूकम्पमा घाइते भएकाहरूको उपचारमा जुट्ने उहाँले जानकारी गराउनु भयो ।
भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि तत्काल चाहिने सामग्रीलगायत औषधिसमेत पठाएको डा. बढामगरले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्ला अस्पतालका डाक्टर र स्वास्थ्यकर्मी केही दिन बसेर जाजरकोटबाटै सेवा दिनेछन् । ‘भूकम्पका कारण धेरै घाइते भएका छन् । जाजरकोटको डाक्टर तथा स्वास्थ्यकर्मीको टिम अपर्याप्त हुन सक्छ । जाजरकोटका अस्पतालका डाक्टर, स्वास्थ्यकर्मीलाई सहज होस र भार पनि कम परोस र घाइतेले सहज रूपमा उपचार पाओस भनेर अस्पतालबाट टिम पठाएका हौँ’ उहाँले भन्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top