ट्रेण्डिङ

होमपेज / समाज

मामाघर गएका सल्यानका ३ वर्षीय बालकको भूकम्पमा परी मृत्यु

  सल्यान खबर डेस्क २०८० कार्तिक १८ गते शनिबार ०७:३०:३८ मा प्रकाशित

कात्तिक १८,सल्यान 
हिजोराती जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी सल्यानका तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको हो । 

आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको जय नेपाल आधारभुत विद्यालयका प्राधानाध्यापक डिल्ली बहादुर रानाले जानकारी दिनु भयो । आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते भएकी छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top