ट्रेण्डिङ

होमपेज / समाज

धादिङमा अलपत्र परेका ९० जनाको  उद्दार 

  सल्यान खबर डेस्क २०७६ चैत्र १८ गते मंगलबार ०९:३४:४३ मा प्रकाशित

चैत्र १८,सल्यान 
रोजगारीका लागि धादिङ पुगेका सल्यान सहित रोल्पाका ९० व्यक्तिको उद्दार गरिएको छ ।

नेपाल सरकारले लकडाउन गरेपछि अलपत्र परेका व्यक्तिको उद्दार गरिएको हो । 
रोजगारीका लागि धादिङको धादिङवेशी पुगेका बागचौर नगरपालिकाका ४५,दार्मा गाउँपालिकाका १३, त्रिवेणी गाउँपालिकाका २७, र रोल्पा गंगादेव गाउँपालिकाका ५ लाई उद्दार गरी सल्यान ल्याउन लागिएका छ  । उनीलाई सुरक्षित तरिकाले तीन वटा गाडीमा ल्याई गन्तव्य सम्म पु¥याइने त्रिवेणी गाउँपालिकाले जनाएको छ । 


कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा, जिल्ला प्रशासन कार्यालय सल्यान र त्रिवेणी गाउँपालिकाको पहलमा अलपत्र परेका व्यक्तिहरुको उद्दार गरिएको हो । उद्दार गरि ल्याइएका सबै  १४ दिनसम्म  अनिवार्य होम क्वारेनटाइनमा रहने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top