होमपेज / समाज
कात्तिक १२,सल्यान
सल्यानमा जंगली जनावर हुँडार टाउको काटिएको अवस्थामा मृत फेला परेको छ ।
शारदा नगरपालिका–१, शान्तिनगर बस्तीनजिकै शारदा नदीको किनारमा आइतबार टाउको काटिएको अवस्थामा हुँडार फेला परेको हो ।
कसैले मारेर फालेको हो वा गाडीको ठक्करबाट मरेको भन्ने खुल्न नसकेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले जानकारी दिनु भयो । हुँडारको टाउको भने फेला पर्न सकेको छ्रैन । मृत अवस्थामा भेटिएको हुँडार झन्डै ८ वर्षजतिको रहेको उहाँले बताउनु भयो





.jpg)