होमपेज / समाज
असोज २९सल्यान
चाडपर्व भित्रिएसँगै सल्यान जिल्लाका स्थानीय तहले बर्सातका बेला बाढीपहिरोले जीर्ण बनेका ग्रामीण सडकको मर्मत सुरु गरेका छन् । दसैं, तिहारजस्ता चाडपर्वमा मानिसको आवतजावत सहज बनाउने उद्देश्यले भत्किएका र जीर्ण सडक मर्मत सुरु गरेको स्थानीय तहले जनाएका छन् ।
पालिका भित्रका मुख्य र सहायक सडकमा सहज यातायात सञ्चालनको अवस्था बनाउने उद्देश्यले कार्यपालिकाको बैठकको निर्णयबाट नै सडक मर्मतको कार्यलाई अघि बढाएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनु भयो । नगरपालिकाका दुई वटा मेसिन प्रयोग गरेर जीर्ण भएका सडकको मर्मत कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ ।
नेपालीहरुको ठुला चाडपर्व आइसकेकाले नागरिकहरुलाई आवातजावत गर्न सहज होस भनेर सडक मर्मत गरि रहेको मेयर भण्डारीले बताउनु भयो । उहाँले भयो ‘दशै आइसकेकाले घटस्थापनाको दिन देखि नै खैरावाङ मन्दिरमा दशनार्थीहरु आउने भएकाले मन्दिरसम्म आउ जाउ गर्न पहिलो प्राथमिकतामा खैरावाङ श्रीनगर सडकलाई दिएका छौं ।’
यस्तै छत्रेश्वरी गाउँपालिका २ ले पनि वडाभित्रका विभिन्न ग्रामीण सडक मर्मत गरेको छ । दशैंको समयमा गाउँ फर्कने स्थानीयबासिन्दालाई समस्या नहोस् भनेर सडक मर्मतको काम गरि रहेको छत्रेश्वरी गाउँपालिका २ का वडाध्यक्ष प्रेम बहादुर नेपालीले बताउनु भयो । वडामा ५ वटा टोलमा विभाजन गरिएको र ५ न टोल भित्रका सडकहरु मर्मतलाई अघि बढाएको उहाँको भनाई छ । दशैं अघि वडाका सम्पूर्ण सडक सुधार भइसक्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘ग्रामीण क्षेत्रको कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मतको काम, सफा गर्ने , खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ । नियमित काम अन्तर्गत नै गरि रहेको भए पनि चाडपर्वका लागि विशेष प्राथमिकता दिएका छौं ।’
यस्तै जिल्लाका अन्य विभिन्न पालिकाहरुले पनि चाडपर्वलाई लक्षित गरि सडक मर्मत गर्दै आइरहेका छन् ।





.jpg)