ट्रेण्डिङ

होमपेज / समाज

भेरी नदीमा मृत फेला परेका पुरुषको सनाखत

  सल्यान खबर २०८० आश्विन २७ गते शनिबार १८:२२:२३ मा प्रकाशित

असोज २७,सल्यान 
भेरी नदीमा मृत फेला परेका पुरुषको सनाखत भएको छ । 

नदी किनारमा फेला परेको शव सल्यान बनगाड कुुपिण्डे नगरपालिका ५ चिउराकाँडाका ३५ वर्षीय कृति बहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनी यहि असोज २२ गतेदेखि हराइ रहेका थिए । 

बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार स्थित भेरी नदी किनारमा शनिबार शव फेला परेको थियो । खोजी कार्य गर्ने क्रममा शव विष्टको भएको मृत्तकका आफन्तले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top