ट्रेण्डिङ

होमपेज / समाज

भेरी नदी किनारमा बेवारिसे शव फेला

  सल्यान खबर डेस्क २०८० आश्विन २७ गते शनिबार १३:१९:१७ मा प्रकाशित

असोज २७,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार स्थित भेरी नदी किनारमा एक पुरुषकको बेवारिसे शव फेला परेको छ । अन्दाजी  ४०÷४१ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिबार बिहान भेरी नदीमा नुहाउन जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गहुँगोरो, हल्का दारी जुँगा पालेको, रातो सेतो रङको चेकसर्ट लगाएको, खरानी रङको ट्याक लगाएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । घटनास्थलमा प्रहरी पुगेको र आवश्यक खोजतलासलाई अघि बढाएको उहाँको भनाई छ ।   
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top