ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी गुड्दा च्यापिएर बालकको मृत्यु

  सल्यान खबर डेस्क २०८० आश्विन २६ गते शुक्रबार २१:१३:०२ मा प्रकाशित

असोज २६, सल्यान
सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफै गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका४ लामाडाँडाका ६ वर्षीय बालक दिपशन चन्द चन्दको मृत्यु भएको हो । 

शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाँउ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफै गुड्दा देवबहादुर चन्दका छोरा दिपशनको मृत्यु भएको हो ।

उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनु भयो ।

ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top