ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बस दुर्घटना दुईको मृत्यु, १८ घाइते

अपडेट

  सल्यान खबर डेस्क २०८० आश्विन २० गते शनिबार १९:१४:४२ मा प्रकाशित

असोज २०,सल्यान 
सल्यानमा शनिबार दिउँसो भएको बस दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिकाको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपाकिला ६ की ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर उपमहानगरपालिका ६ की अन्दाजी ३२ वर्षीया सुनिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका ४ का ३५ वर्षीय कमान सिहं, त्रिवेणी गाउँपालिका ६ की २७ वर्षीया माया  राना,ठेगाना नखुलेका विनोद श्रेष्ठ, चालक शारदा नगरपालिका १० का  २६ वर्षीय मेघराज कँवर, त्रिवेणी गाउँपालिका ६ का ६० वर्षीय प्रेम बहादुर बुढा, ४५ वर्षीया पुष्पा बुढा, दाङ तुलसीपुर उपमहानगरपालिका २७ वर्षीय प्रमोशन रिजाल, सल्यान छत्रेश्वरी गाउँपालिका ४ का ५० वर्षीया चित्रा डाँगी घाइते हुनु भएको छ । 

यस्तै त्रिवेणी गाउँपालिका ६ लुहामकी ५९ वर्षीया कुमारी चन्द, २६ वर्षीया रुपा विक, त्रिवेणी गाउँपालिका ४ की ५० वर्षीया विमि शाहु, ६३ वर्षीय हुम बहादुर बस्नेत, ४० वर्षीया धनि बस्नेत, २४ वर्षीय खड्क विक, ३९ वर्षीय कृष्ण बहादुरा बोहरा, छत्रेश्वरी गाउँपालिका ४ का  ३५ वर्षीय दल बहादुर डाँगी, शारदा नगरपालिका ३ की २२ वर्षीया प्रतिभा कंवर, र ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय देवा विक घाइते भएकोजिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 
बस सडकबाट करिब ६० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण भने खुल्न सकेको छ्रैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top