ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालय सल्यान कार्यसम्पादनमा १३ औँ स्थानमा

  सल्यान खबर डेस्क २०८० आश्विन १७ गते बुधबार २१:४४:५३ मा प्रकाशित

असोज १७,सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यान कार्यसम्पादनमा १३ औँ स्थानमा परेको छ । कार्यसम्पादन मूल्यांकनमा सल्यान १३ औँ स्थानमा परेको हो ।

 गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर जिल्ला प्रशासन कार्यालय सल्यानले ९३ दशमलव ५६ अंक प्राप्त गरेको छ । ९३ दशमलव ५६ अंक ल्याउँदै सल्यान अति उत्कृष्ट सूचीमा पर्न सफल भएको हो । 

कार्यालयहरु मध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६ दशमलव ४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१ दशमवल ५६ अंक सहित अन्तिम स्थानमा छ । 

हेर्नुस् मूल्यांकनको नतिजा

प्रतिक्रिया

सम्बन्धित खवर

Top