ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बाघको आक्रमण बाट ४ जना घाइते

  सल्यान खबर डेस्क २०८० आश्विन १५ गते सोमबार १५:४३:२२ मा प्रकाशित

असोज १५,सल्यान 
सल्याानमा बाघको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ दोलिक ४०वर्षीय  राज के.सी, ४० वर्षकै टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के. सी र वर्ष २७ वर्षीय भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र बाघले हात खुट्टामा आक्रमण गरेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भयो ।

 उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर केसी लाई आक्रमण गरेको थिया ।  अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।
अहिले  पनि बाघ सोहि ठाउँको धान खेतमा रहेको बाघ ब्यबस्थापनको लागी ईलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेको र  डिभिजन वन कार्यालय सल्यान र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि पुग्दै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top