होमपेज / समाज
असोज १४,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा ३ औलबेशीमा अज्ञात समुहले मोटरसाइकलमा आगजनी गरेका छन ।
रा ४ प ६३१६ नम्बरको मोटरसाइकलमा राती स्कुल भित्र चयन गेटमा ताला लगाएर दुई वटा मोटरसाइकलसँगै राखिरहेको अवस्थामा एउटा बाइकमा आगजनी गरेर पुर्ण रुपमा क्षती भएको मोटरसाइकल मालिक मोहन बटालाले जानकारी दिनु भएको छ ।
श्री मुक्ति माध्यमिक विद्यालय औलवेशी भवन भित्र राखिराखेको मोटरसाइकललाई राती आगजनी गर्नको लागि भवनको माथी छतबाट भित्र गएर छानीछानी सङ्गै राखिराखेको दुई वटा मोटरसाइकल मध्य मेरो मात्र आगजनी गरिएको र त्यो खास व्यक्तिगत कसैले रिसिभी गरेर जलाएको हुन सक्ने उहाको भनाइ रहेको छ । बाइक जलाउने व्यक्तिले मान्छेको ज्यान समेत खतरामा परेको मेरो ज्यान समेत सुरक्षाको महशुल नभएको उहालेँ बताउनु भएको छ । उहाँले उक्त विद्यालयको गणित शिक्षक समेत हुनु हुन्छ ।





.jpg)