ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

  सल्यान खबर डेस्क २०८० आश्विन ८ गते सोमबार १०:२७:५१ मा प्रकाशित

असोज ८,सल्यान 
 सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई  जनाको मृत्यु  भएको  छ ।   रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको  जिप  कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोरखोला नजिकै अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परि दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।  दुर्घटनामा परी  अर्का एकजना गम्भीर घाइते छन् । तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाइ उपचारको लागी दाङ लगिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top