होमपेज / समाज
असोज ६,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गाउँ गाउँ स्वास्थ्य चौकीहरूमा गएर आँखा चेकजाँच गर्ने भएको छ । ७ वटा स्वास्थ्य चौकीमा गएर आँखा चेकजाँच गरिने र मोतिया विन्दु तथा शल्यक्रिया गर्नेको लागि सल्लीबजारमा अप्रेसन गरिने देवस्थल उप शाखा सभापति पुष्कर बिसीले जानकारी दिनु भयो ।
बनगाड कुपिण्डे नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप शाखाको समन्वय एवम् सुर्खेत आँखा अस्पताल तेजकोहिल एन्ड फाउन्डेसन काठमाडौँको आर्थिक तथा प्राविधिक सहयोगमा आँखा चेक जाँच गरिने उहाँले बताउनु भयो । बामे स्वास्थ्य चौकी औलबेशी असोज ९ गते, बाझकोट स्वास्थ्य चौकी च्युरा १० गते, घाजरीपिपल स्वास्थ्य चौकी मैदुपोखरी ११ गते, आधारभूत स्वास्थ्य चौकी बाबियाचौर १२ गते, स्वास्थ्य चौकी निगाल्चुला १३ गते, सहरी स्वास्थ्य चौकी ढोरपिपल १४ गते, स्वास्थ्य चौकी देवस्थल १५ गते र मोतिया बिन्दु शल्यक्रियाको लागि १६ र १७ गते नगरपालिकाको नयाँ भवनमा अप्रेसन गरिने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।
विगतमा सबै सल्लीबजारमा आएर आँखा चेकजाँच गर्नु हुन्थ्यो अहिले त्यसलाई परिमार्जन गरेर स्वास्थ्य चौकीहरूमा शिविर सञ्चालन हुने बताउनु भएको छ । टाढा टाढाबाट आउने जाने समस्या हुने यातायातको समस्या हुने वृद्ध वृद्धाहरूलाई झनै समस्या हुने भएकोले आफूले चुनावमा गरेको बाचा अनुसार गाउगाउमा गएर सेवा दिने बताउनु भएको छ । यसरी पहिलो पटक आँखा शिविर गाउगाउमा गएको समेत बताउनु भएको छ । अघिल्लो वर्ष नगरपालिकाको आर्थिक सहयोगमा ६० जनालाई सुर्खेतमा लिएर उपचार समेत गरेको उहाँले बताउनु भएको छ । सबैले यस्तो कार्यमा सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।





.jpg)