ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोट गाउँपालिकाले गर्‍यो दुई पुस्तक विमोचन

  सल्यान खबर डेस्क २०८० आश्विन ३ गते बुधबार १८:३१:०१ मा प्रकाशित

सन्तोष घर्ती सल्यान,०३ असोज ।

 सल्यानको कपुरकोट गाउँपालिकाले संबिधान दिवस २०८० को अवसरमा गाउँपालिकाको चिनारीका लागि दुई पुस्तक  विमोचन गरेको छ ।

 कपुरकोट गाउँपालिकाको भौलिक,ऐतिहासिक,साँस्कृतिक,राजनितिक,आर्थिक र सामाजिक जीवनसँग सम्बन्धित विविध पक्षको बिषयलाई एकिकृत रुपमा राखेर कपुरकोट दर्पण र आठ हजारी झ्याङा नामक पुस्तक विमोचन गरेको हो । 

कपुरकोट गाउँपालिकाले प्रकाशन गरेको कपुरकोट दर्पण र आठ हजारी झ्याङा नामक पुस्तक कपुरकोट ५ रिमका साहित्यकार भद्रसिंह बुढाले लेख्नु भएको हो । प्राप्त श्रोतको अभाव र कठिनाइका कारण भने जस्तो पुस्तक लेख्न नसकेता पनि कपुरकोटका सन्दर्भमा जान्न चाहाने संघसंस्था,शोधकर्ता र भावी पुस्ताका लागि पुस्तकले कपुरकोटको चिनारी दिन सक्ने बिश्वास लिएको लेखक बुढाले बताउनु भयो ।

 
आज (बुधबार) विमोचन गरिएको कपुरकोट दर्पणको डा.प्रेम योगी र आठ हजारी झ्याङाको डा.मित्र पाठकले टिप्पनी गर्दै प्रकृतिले सिंगारिएको कपुरकोट गाउँपालिका भित्रका मानिसहरु,साँस्कृतिक तथा सामाजिक रुपमा परिश्रमी,लगनशील,स्वाभिमानी र उत्पादनशील रहेको पुस्तकका लेखकले उल्लेख गरेको चित्रण गर्नु भयो ।


पुस्तक विमोचन गर्दै गाउँपालिका अध्ययक्ष दुर्गा बहादुर पुनले पुस्तकमा कपुरकोटका विभिन्न स्थानहरुको नामाकरणको अर्थ,भाषा,धार्मिक तथा पर्यटकीय स्थल,मनाइने चाडपर्ब,कला संस्कृतिसँगै सामाजिक जनजीवनको कार्यमा लेखकले बिशेष मेहनत गरेको बताउनु भयो । उँहाले गाउँपालिकाको बारेमा अध्ययन गर्न चाहाने शोधकर्ता र बिद्यार्थीका लागि पुस्तक मार्गदर्शक बन्ने अपेक्षा गर्नु भयो । 

यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकाको विविध बिषयको सन्दर्भमा  आधारभूत चिनारीका लागि पुस्तकले बिशेष सहयोगीको भुमिका निर्बाह गर्ने बताउनु भयो । उँहाले विगतमा हाम्रा पर्वजहरुले गर्ने गरेका सकारात्मक संस्कार र रितिरिवाजका बारेमा नया पुस्तालाई पुस्तकले जानकारी दिने बताउनु भयो ।

 गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा बनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा.मित्र पाठकले लेख्नु भएको लघुकथा संग्रह हाकिमको देशको पनि बिमोचन गरिएको छ । भने कपुरकोटको कला,साहित्य तथा मौलिक संस्कृति संरक्षणका लागि शान्तराम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्सीय कपुरकोट कला,साहित्य तथा संस्कृति संरक्षण समिति गठन गरिएको छ ।

 वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा  शिक्षा दिवसका अवसरमा नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्ने नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय किमुचौरका प्रधानाध्यापक दामोदर शर्मा,नेपाल बिद्या भुषण (क) बाट विभुषित हुनु हुने डा.मित्र पाठक र आज सार्बजनिक पुस्तकका लेखक भद्रसिंह बुढालाई सम्मान गरिएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top