होमपेज / समाज
असोज २,सल्यान
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सल्यानका चार जना शिक्षक विभूािषत भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत व्यक्तिहरूको नामावलीमा सल्यानका चार शिक्षक पनि नेपाल विद्या भूषण (क) बाट विभूषित भएका हुन् ।
विभूषित हुने शिक्षकहरूमा पूर्ण बहादुर भण्डारी, सञ्जय हमाल, महेन्द्र कुमार बुढाथोकी र मधुसधन लामिछाने हुनु हुन्छ । चार जना नेपाल विभूषण (क)बाट विभूषित हुनु भएको हो ।
भण्डारीले वि.स. २०७६ मा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि गर्नु भएको हो भने , हमालले काठमाडौँ विश्वविद्यालयबाट २०७८ मा शिक्षा विषयमा, बुढाथोकीले २०७५ माल संस्कृत विश्वविद्यालयमा अङ्ग्रेजी विषय र लामिछानेले २०६८ मा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि गर्नु भएको छ ।
सरकारले यही वर्षदेखि अनिवार्य तथा निःशुलक शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको थियो ।





.jpg)