ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटमा तीज मिलन कार्यक्रम सञ्चालन

  सल्यान खबर डेस्क २०८० भाद्र २६ गते मंगलबार १८:०८:०७ मा प्रकाशित

सन्तोष घर्ती सल्यान,२६ भदौ ।

तीज पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरू राम्रो पति पाउँ भन्दै व्रत बस्ने गर्छन् । यति बेला गाउँघरतिर खेतीपातीको काम सकिएसँगै महिलाहरूले धूमधाम तीज मनाइरहेका छन् । तीज पर्वले आपसी प्रेम बढाउने र महिलाहरूको दुखेसो पोख्ने वातावरण समेत सिर्जना गराउँदछ ।

नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक गाउँदेखि सहरसम्म फैलिइसकेको बेला सल्यानको  कपुरकोट गाउँपालिका वडा नम्बर ४ को कार्यालयले पनि तीज मिलन कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नेपाली महिला दिदीबहिनीको दैनिक जनजीवन सामाजिक, धार्मिक, सांस्कृतिक पहिचान तथा इतिहासलाई बोकेको भन्दै तीज मिलन कार्यक्रम सञ्चालन गरेको हो ।

तीज मिलन कार्यक्रमका संयोजक तथा वडा सदस्य होम कुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा  कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले  तीजले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउने तथा छरछिमेक, साथी सङ्गीसँग भेटवार्ता गराई दुख सुखका कुराकानी गर्दै, नाच्दै, गाउँदै रमाइलो गर्ने माहौल मिलाइ दिने बताउनु भयो । उहाँले वडा नम्बर ४ को कार्यालयले तीज मिलन कार्यक्रमको आयोजना गरेर महिला दिदिबहिनीहरुको माइतीको भूमिका निर्वाह गरेको बताउनु भयो ।

 वडा नम्बर ४ की भुमा रावतले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले तीज पर्वलाई महिला दिदिबहिनीहरुले मौलिक तथा सामाजिक जागरणका रुपमा मनाउनु पर्ने बताउनु भयो । उहाँले समाज रूपान्तरणमा महिलाहरूको भूमिका अहम् र प्रभाकारी हुने जनाउँदै तीजका समयमा गाइने गीतमा वेदनाका भन्दा महिला सशतिmकरणका शब्द समेट्नु पर्ने बताउनु भयो ।

 स्वास्थ्य स्वयमसेबिका टेककुमारी पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली,वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायत,योजना शाखा अधिकृत खगेन्द्र शाही,महिला विकास शाखा प्रमुख हिरा कुमारी वली,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका सहसचिव यम थापा लगायतले आम छोरीचेलीहरुलाई तीजको शुभकामना दिनु भएको भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top