ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बस दुर्घटनाः ६ जना घाइते

  सल्यान खबर डेस्क २०८० भाद्र १७ गते आइतबार १२:३७:५३ मा प्रकाशित

भदौ १७,सल्यान 
सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 
जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ्ग तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो । 

दुर्घटनामा परी बागचौर नगरपालिका ६ चिसापानीकी २५ वर्षीया रन्जना शाह, शोही वडा चौलाबोटका ६० वर्षीय गम बहादुर ओली, मालजुंगाकाी २७ वर्षीया लिला खत्री ओली, कोटबारा बस्ने ६५ वर्षीया तिलसरा विक. र बागचौर नगरपालिका ११ रातामाटाका ६३ वर्र्षी विक्रम आली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

शाहको अवस्था भने गम्भीर रहेको र अन्य सामान्य रहेको उहाँको भनाई छ । घाइते सबैको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीको भनाई छ । 

बसमा २६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । बस दुर्घटना हुनुको कारण खुल्न नसकेको र अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top