ट्रेण्डिङ

होमपेज / समाज

एकै घरका पाँच जना क्वारेनटाइनमा

स्वाप परीक्षणका लागि टोली आउदै

  सल्यान खबर डेस्क २०७६ चैत्र १७ गते सोमबार ०८:५८:३४ मा प्रकाशित

चैत १७, सल्यान 
सल्यानमा एकै घरका पाँच जनाालाई  जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा  राखिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला, माझखर्कमा ज्वरो आउने लगाएतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको हो । 

भारतको सिम्ला, रुरुमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने शुरु भएको थियो । उनलाई अधिक ज्वरो नपाएपनि  निरन्तर सामान्य ज्वरो आइ रहेपछि घरमा रहेका २७ बर्षिया श्रीमती, ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत अस्पतालको क्वारेन्टाईनमा राखिएको छ ।
३६ बर्षिय पुरुषमा सामान्य ज्वरो आउने लक्षण भएपनि अन्यमा कुनै समस्या नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार वुढाले जानकारी दिए । ‘सबैको अबस्था सामान्य छ, भारतबाट फर्किएका पुरुषमा मात्रै ज्वरोसँग मिल्दो जुल्दो लक्षण छ’ उनले भने ।

उनका अनुसारमा ती पुरुषमा कोरोनाको संक्रमण भए नभएको बारेमा पत्ता लगाउन आज स्वप परीक्षणका लागि कर्णाली प्रदेशबाट टोली आउदैछ ।  प्रदेश सरकारले नमुना संकलन गर्नको लागी टोली आज सल्यान अस्पतालमा पठाउन लागेको छ । परीक्षणका लागी पठाएको नमुनाको रिपोर्ट नआएसम्मको लागी ती पाँचै जना जिल्ला अस्पतालमा रहेको क्वारेन्टाईनमा बस्ने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top