होमपेज / समाज
भाद्र ११, सल्यान ।
सल्यान बन्गाडमा तरकारी बोकेको गाडी दुर्घटना भएको छ । कर्णाली प्रदेश ०० क ०१५४ नं को मिनि ट्रक सोमबार विहान ११ बजे पल्टिएको हो ।
तरकारी बोकेर नेपालगञ्ज देखि रुकुम चौरजहारी जाँदै गरेको मिनि ट्रक नाथेखाेला र च्युराकाे विच भागमा दुर्घटना परेको छ । दुर्घटनामा सुर्खेत भेरिगंगा नगरपालिका वडा १० छिन्चुका २३ बर्षिय चालक रितिक विक र बाँके राप्ति गापा वडा नं ७ सिसिनियाका १८ बर्षिय सहचालक आषिस चौधरी घाइते भएका छन् ।
दुबै जनाकाे बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ ।स्वास्थ्य चौकीकाका अनुसार दुबैकाे अवस्था समान्य रहेको जनाएको छ।हात खुट्टामा सामान्य चाेट लागेको छ ।चालकका अनुसार ब्रेक फेल भएर गाडि दुर्घटनामा परेको जनाएको छ ।





.jpg)