ट्रेण्डिङ

होमपेज / समाज

सल्यान गाडी दुर्घटना अपडेटः २ जनाको मृत्यु १४ घाइते (विवरण सहित)

  सल्यान खबर डेस्क २०८० भाद्र ४ गते सोमबार १७:४३:५९ मा प्रकाशित

भदौ ४,सल्यान 
रुकुम पश्चिमबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने  १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी रहेका छन् । दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा  लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । 
दुर्घटनामा परी सल्यान दार्मा गाउँपालिका २ का ६० वर्षीय खिर्म खत्री, शोही ठाउँकी ४१ वर्षीया रुपा केसी, थानागाउँका ५१ वर्षीय टिकाराम केसी,उहाँको १८ वर्षीय छोरा मान बहादुर केसी, रमेश केसी, रुकुम पश्चिमकी ४० वर्षीया विमलादेवी पुन, रुकुम त्रिवेणी गाउँपालिका ७ की ५० वर्षीया गौमती खड्का, सानोभेरी गाउँपालिका ११ का २६ वर्षीय पुष्कर रसाइली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै रुकुम चौरजहारी नगरपालिका १२ का ४६ वर्षीय पल बहादुर खड्का, १६ वर्षीया निर्मला राना, सल्यान दार्मा गाउँपालिका ५ का १६ वर्षीया रमिता चन्द, रुकुम सानोभेरी गाउँपालिका ११ २० वर्षीय भुपाल विक., सल्यान दार्मा गाउँपालिका १ किमटाकुराका ३२ वर्षीय इन्द्र बहादुर केसी,रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 
घाइतेहरु प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक भने अझै फरार रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top