ट्रेण्डिङ

होमपेज / समाज

बाँदर र बँदेलबाट मकै जोगाउन सल्यानका र सुर्खेतका किसानको बारीमा बास

  सल्यान खबर डेस्क २०८० भाद्र ३ गते आइतबार १५:३९:५८ मा प्रकाशित

भदौ ३ सल्यान सुर्खेत सिम्ता गाउँपालिका ४ का गणेश चन्द बारीमा रातभर जाग्राम बस्छन् । बारीमा रहेको मकै रातको समयमा बँदेल आएर सखाप पार्न थालेपछि बचेको मकै जोगाउनको लागि खेतबारीमै बस्दै आइरहेका छन् । बारीमा नै बास ठड्याएर घर जस्तो बनाएर बारीमानै बास बस्ने गरेका छन् ।  

बाली बचाउनको लागि रातभर सर्प पानी हावा नभनी जोखिम लिएर बारीमा बस्नु परेको चन्दको भनाई छ ।  सिम्ता गाउँपालिकाका ९ वटै वडामा यस्तो समस्या रहेको उनले बताए  । उनले भने ‘दिनभर बाँदर र रातभर बँदेलको आतङ्कले मकै बारी खाली भइसक्यो ।  पछिल्लो युवाहरू विदेश तिर र गाउँमा लगाएको बालीमा जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि कृषकलाई भोकमरी हुने समेत उनको भनाइ रहेको छ ।’ 

सल्यान बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडामा पनि उस्तै समस्या रहेको बनगाड कुपिण्डे नगरपालिका  ५ का तिलक रानाले बताए । सबै वडाका टोल बस्तीका नागरिक रातभर बारीमै जागराम बस्ने गरेको उहाँको भनाई छ  । उनले भने ‘की जङ्गली जनावर मार्न दिनु प¥यो कि राज्यले कृषकलाई क्षतिपूर्ति दिनु प¥यो ।’ 

कुनै दिन बिरामी भएर सन्चो नभए बारी सुत्न नगए बँदेलले पाक्ने तयारीमा रहेको मकै सखाप पारी दिने किसानको दुखेसो छ ।

पछिल्लो समय बाँदर र बँदेलको सङ्ख्यामा ह्वात्तै वृद्धि भएसँगै नगरपालिका भित्रका सबै क्षेत्रहरू प्रभावित भएको देखिन्छ । हुलका हुल बँदेलहरू रातिमा आउने र मकै बाली पुरै सखाप पारेर जाने गरेको रानाको भनाई छ । वर्ष दिनको खेती खाइदिने जङ्गली जनावर हटाउने उपाय नखोज्ने हो भने भोकमरी समेत निम्तिने उनको गुनासो छ ।

बाँदर र बँदेलले  मकै बाली, तरुल, पिँडालु, सखरखण्ड,फर्सी लगायतका वर्षे बालीहरूमा नोक्सानी हुने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top