ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विदेशबाट आएका १५ जना क्वारेनटाइनमा

२८४ जना होम क्वारेनटाइनमा

  सल्यान खबर डेस्क २०७६ चैत्र १६ गते आइतबार १५:४३:५४ मा प्रकाशित

सल्यानमा विदेशबाट आएका १५ जना क्वारेनटाइनमा 
चैत १६, सल्यान 
सल्यानमा विदेशबाट आएका १५ जनालाई क्वारेनटाइनमा राखिएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १५ जना क्वारेनटाइनमा रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ । 
राधेश्याम माध्यमिक विद्यालय काराँगिठीमा ११ जना र जनता माध्यमिक विद्यालय काभ्रामा चार जनालाई क्वारेनटाइनमा राखिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिए । भारत लगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेनटाइनमा बसेको उनको भनाई छ । उनले भने विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन गरी संकलिन व्यक्तिहरु क्वारेनटाइन बसी रहेका छन् । शनिबार ८ जना र आज थप ५ जना क्वारेनटाइनमा बसी रहेको श्रेष्ठले बताए । उनीहरुमा अहिलेसम्म कोरोनाका कुनै लक्षण देखा नपरेको उनको भनाई छ । 
क्वारेनटाइनमा बसेका सम्पूर्ण व्यक्तिहरुको खानाबस्नको व्यवस्था गाउँपालिकाले गरेको छ । 
२८४  जना होम क्वारेनटाइनमा 
यस्तै सल्यानमा २ सय ८४ जना होम क्वारेनटाइनमा बसी रहेका छन् । कामको शिलशिलामा विभिन्न देशमा पुगी फर्किएका २ सय ८४ जना होम क्वारेनटाइनमा बसी रहेका हुन । दार्मा गाउँपालिकामा २ सय ३ र बागचौर नगरपालिकामा ८१ जना होम क्वारेनटाइनमा बसी रहेका छन् । 
दार्मा गाउँपालिकामा २ सय भारत र ३ जना अन्य देशबाट आएका व्यक्ति क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
 यस्तै बागचौर नगरपालिकामा ७३ जना भारत, मलेशियाबाट १, कतारबाट ३ र कुवेतबाट आएका ४ जना होम क्वारेनटाइनमा बसी रहेको नगरपालिकाले जनाएको छ । 
अन्य स्थानीय तहले विदेशबाट आएका नागरिकहरुको तथ्यांक संकलन गरी रहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top