ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पुरुषको शव फेला

  सल्यान खबर डेस्क २०८० श्रावण ३१ गते बुधबार १७:२९:५७ मा प्रकाशित

साउन ३१,सल्यान 
सल्यानमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो ।

शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँका अनुसार शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषका मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि खोजीनीति समेत भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top