होमपेज / समाज
चैत १६, २०७६ काठमाडौं :
चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन्।
चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन ९५ मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।
त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन-९५ फाइब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाइना सिएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ। सिन्चुवान हुसी ग्रुपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसी सिमेन्ट कम्पनीले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनिया राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तरराष्ट्रियस्तरमा नै सहयोग गर्न तयार रहेको बताइन्। सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड-१९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे।
असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रसंशा गर्दै ती संस्थालाई धन्यवाद पनि दिए। सुरुमा यो रोग चीनको मात्रै हो भनेर नकारात्मक सन्देश भाव राख्नेहरुले विश्वभर फैलिएपछि विश्व्यापी महामारीको रुपमा बुझे', उनले भने, 'यो रोगलाई नियन्त्रण गर्ने कु
राको नेतृत्व गर्ने चिनियाँ सरकार, राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।' उनले कोभिड १९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अबलम्बन गरेको बताए।
ढकालले नेपालस्थित चिनियाँ राजदुतबाट प्राप्त यी सामाग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याइने जानकारी दिएका छन्। विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाइनमा राख्ने बताउँदै उनले ती व्यक्तिहरुको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिन औषधिजन्य औजारहरुले काम गर्ने बताए। डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरुका लागि आवश्यक पर्ने सामानग्रीले उनीहरुको सुरक्षाको प्रत्याभूति गरेको उनले बताए
। यी सामाग्रीले अप्ठ्यारो परेका बेला हाम्रा छिमेकी मित्र राष्ट्रहरु पनि हाम्रो साथमा छन् भन्ने आमनेपाली जनतालाई सन्देश दिएको ढकालले थपे। उच्च मनोबलका साथ यो रोगविरुद्ध लड्न प्रेरणा मिलेको भन्दै उनले चिनियाँ राजदूत लगायत सहयोगी संस्था र तिनका प्रतिनिधिलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिए।





.jpg)