होमपेज / समाज
साउन २८,सल्यान
अविरल वर्षाले सल्यानको बागचौर नगरपालिकामा एक घर भत्किएको छ । बागचौर नगरपालिका ९ पातिहाल्न बजारमा स्थानीय फौद बहादुर खत्रीको घर भत्किएको हो । आइतबार बिहान ११ बजेतिर एक तलाको टिनले छाएको घर भत्किएको वडा न ९ का वडा सदस्य कमल डाँगीले जानकारी दिनु भयो ।
घर पूर्ण रुपमा क्षति भएको उहाँको भनाई छ । उक्त घरमा नविन केसीले आलुको गोदाम गर्दै आउनु भएको थियो । गोदाम गरेको आलुमा भने सामान्य क्षति भएको उहाँको भनाई छ । गोदाम गरी राखेको घर नै भत्किए पछि व्यापारीले आलु अर्को घरमा सारेका छन् ।





.jpg)