ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा हत्याका आरोपी मृत फेला

  सल्यान खबर २०८० श्रावण २५ गते बिहीबार १२:५५:४८ मा प्रकाशित

साउन २५,सल्यान 
सल्यानमा एक महिलाको हत्या गरी फरार रहेका भनिएका आरोपित मृत फेला परेका छन् । 
चार दिन अघि सल्यानको शारदा नगरपालिका १४ की ४७ वर्षीया प्रमिला गिरीको हत्या गरेको आरोप लागेका शोही ठाउँका ५५ वर्षीय वीर बहादुर गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

उनी घर नजिकै तुसारे स्थित मानिस नबस्ने एक घरमा झुन्डिएको अवस्थाा बिहीबार बिहाान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

२१ गते बिहान घाँस काटन गएकी प्रमिला घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन । जेठाजु नाता पर्ने वीर बहादुरलाई परिवारले किटानी जाहेरी दिएपछि उनी फरार हुँदै आइरहेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top