ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिकामा लम्की स्किन रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम

  सल्यान खबर डेस्क २०८० श्रावण २१ गते आइतबार २०:२८:४३ मा प्रकाशित

साउन २१,सल्यान 

ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्था लि.शाखा कार्यालय रागेचौरले पशुचौपायमा देखिएको लक्की स्किन रोग नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।   कुमाख गाउँपालिका ३ सल्यानमा पशु चौपाया देखिएको लम्पि स्किन रोग सम्बन्धी जनचेतना मूलक कार्यक्रम  आइतबार सम्पन्न गरेको छ  । 

गाई भैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाई भैँसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाई भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मी याममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।  सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।

खास गरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्।

यो रोग लागेका गाई भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।

त्यस्तै सङ्क्रमित गाई भैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

कार्यक्रममा अनुगमन अधिकृत श्री अशोक कुमार बोगटी, प्रशिक्षक  कल्पना शाही तथा शाखा कार्यालय रागेचौरका शाखा प्रबन्धक  सुनिल शाहको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top