होमपेज / समाज
साउन २०,सल्यान
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सल्यान आइ पुग्नु भएको छ । उहाँले शनिवार बाटै सल्यान जिल्ला अस्पतालमा सेवा दिन सुरु गर्नु भएको हो ।
तीन दिन सल्यानमा रहेर हाड जोर्नी तथा नशा रोग सम्बन्धी बिरामीहरूलाई सेवा प्रदान गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो दूर दराजको ग्रामीण बस्तीका बिरामीको उपचार गर्नु मेरो धर्म हो । यो धर्म न भौगोलिक विकटताले रोक्छ , नत सरकारले नै ।
नेपालका अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर नेपालीको स्वास्थ्य अवस्था बुझेका कारण गाउँघरमा रहेका बिरामीहरूलाई थोरै भएपनि सहयोग पुगोस् भनेर गाउँ बस्तीमा पुग्दै आइरहेको उहाँको भनाई छ ।
माग पुरा नभए २९ गतेदेखि सत्याग्रह
स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिँदै आइरहनु भएका डा. केसीले सरकारसँग यसअघि गरिएका सहमति सम्झौता पुरा नभए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने बताउनु भयो ।
डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, शसाशन र न्याय नभएसम्म आन्दोलनलाई निरन्तरता दिई रहने बताउनु भयो । जुन सरकार आए पनि समस्या समाधान गर्ने सहमति मात्र गने तर सहमति कार्यान्वयन गर्ने तर्फ कुनै पहलकदमी नचालेको आरोप लगाउँदै विगतका सहमति र सम्झौता पुरा नभए २९ गते देखि सत्याग्रह सुरु गर्ने बताउनु भयो ।
राजनीतिक आडमा मापदण्ड नपुगेका मेडिकल कलेज खोल्न बन्द गरिनु पर्ने, स्वार्थको पदमा बसेका पदाधिकारीहरू हट्नु पर्ने र चिकित्सा सुधार गर्नु सत्याग्रहको मुख्य कारण रहेको उहाँको भनाई छ ।





.jpg)