होमपेज / समाज
साउन १८,सल्यान
सल्यानको कपुरकोट गाउँपालिका २ गर्पा क्षेत्रका २ सय ५ घरमा धारा पुगे पछि स्थानीयमा खुसीयाली छाएको छ । लिफ्ट प्रविधि मार्फत ११ सय ४० मिटर तल अँधेरी खोला र सेतो पहिराको पानी घर घरमा पुगे पछि स्थानीयहरूमा खुसीयाली छाएको हो ।
यस अघि भालेको डाँकोसँगै बिहानै उठेर दुई घण्टाको ओरालो झरेर खोलाको पानी लिन जाने बाध्यता रहेकोमा घर घरमा धारा आउँदा खुसी लागेको स्थानीय ओम बहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार ‘विशेष गरेर यस क्षेत्रका महिलाहरूको दैनिकी खानेपानीको आपूर्ति गर्नलाई डोकोमा गाग्री बोकेरै बित्ने गर्दथ्यो ।’ अब घर घरमा धारा आए पछि डोकोमा गाग्री बोक्नु पर्ने बाध्यता सदाका लागि अन्त्य हुनेमा पूर्ण विश्वस्त रहेका छौँ ।
नेपाल सरकारको विशेष अनुदान अन्तर्गत ३ करोड लागतमा कपुरकोट गाउँपालिकाले स्क्रिन टु बिद्युत्को प्रयोग गरी सेतो पहिराको पानी तथा स्क्रिन वान सोलरको प्रयोगबाट अंधेरीखोलाको पानी गर्पा क्षेत्रमा पु¥याएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
वडा न २ का ढनठाना,गर्पा,गोठिबन बहृत खानेपानी आयोजनाको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खानेपानी लाई उत्पादन र आम्दानीसँग जोड्नु पर्ने बताउनु भयो । ‘हामीले पानीलाई पिउनका लागि मात्र प्रयोग गर्ने गर्छौ । अब खानेपानी लाई आयआर्जनका लागि पनि प्रयोग गर्नु पर्दछ ।’ उंहाले भन्नु भयो:‘कपुरकोट क्षेत्र बेमौसमी तरकारीका लागि पकेट क्षेत्र हो खाएर बचेको पानीलाई तरकारीको सिँचाइका लागि पनि सदुपयोग गर्न सकिन्छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले.गर्पा क्षेत्रका नागरिकहरूले वर्षौँदेखि खानेपानीको अभावमा दैनिकी गुजार्दै आएको अवस्थाको अन्त्य भएको बताउनु भयो । ‘नागरिकहरूको खानेपानीको समस्याको समाधान गर्नु गाउँपालिकाको कर्तव्य हो । सम्पन्न खानेपानी आयोजनालाई दिगो राख्नलाई नागरिकहरू नै जिम्मेवार हुनु पर्दछ ।’उंहाले भन्नु भयो:‘अब खानेपानी आयोजनाबाट लाभान्वित समुदायले यसको मर्मत सम्भारका लागि कोष स्थापना गर्नु पर्छ ।
जलजला जनचाहना निर्माण सेवाले ठेक्का प्रक्रिया मार्फत सम्पन्न गरेको खानेपानी आयोजनाबाट गर्पा क्षेत्रका ढनठाना,गोठ बन र काउलेपानीका गरेर २ सय ५ घरमा धारा जडान गरिएको वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढाले जानकारी दिनु भयो ।





.jpg)