होमपेज / समाज
साउन १६,सल्यान
वेबमा आधारित सर्वेक्षण, हाइड्रो लिक डिजाइन र ग्रामीण खानेपानी आपूर्ति प्रणालीको लागत अनुमान ७ दिने तालिम सल्यान बनगाड कुपिण्डे नगरपालिका सल्लीबजारमा सुरु भएको छ ।
तालिममा हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका डोल्पा, छत्रेश्वरी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाका सल्यानका पालिका इन्जिनियर तथा प्राविधिक सहजकर्ताहरूको सहभागिता रहेको छ ।सुस्वा ले आफ्नो कार्य क्षेत्रमा नयाँ सर्वेक्षण डिजाइन र लागत अनुमान प्रविधिमा अपनाइरहेको छ । तालिम पूरा गरेपछि एलजीएसले नयाँ प्रणाली पछ्याउने र पानी आपूर्ति परियोजना कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा उद्घाटन नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रममा उप प्रमुख पुरुषोत्तम आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटा, टेक्निकल नारायण सी खवास, अर्जुन राजलवट, वास थरेन्द्र पौडेल, भिमराज बास्तोला, पवन कुमार वली, राजन डिसी लगायतको उपस्थिति रहेको थियो ।
तालिम उद्घाटनको पूर्व समय अवधिमा खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको पृष्ठभूमि र नेपालमा कार्यान्वयनको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम र आयोजनाका विभिन्न चरणहरू, प्रभावकारी कार्यान्वयन, मर्मत सम्भार र दिगोपनाका लागि आगामी कार्य योजना, प्लानिङ, सर्वे, डिजाइन फिल्डमा खट्दा तथा स्टेटमेन्ट लगायत विविध विषयमा वास टेक्निकल युनिटलाई सहज होस भनेर सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइन लागिएको जनाएको छ ।यो कार्यक्रम लागू भए पश्चात् खानेपानी समस्या भएका सबै स्थानहरूमा खानेपानीको समस्या हल हुने नगर प्रमुख बुढाथोकीको भनाइ रहेको थियो ।गाउँ,विद्यालय टोल वस्ति लक्षित वास सुस्वार नगरको साझेदारीमा काम सञ्चालन हुने जनाएको छ ।





.jpg)