होमपेज / समाज
साउन १३,सल्यान
सल्यानमा डुङ्गाले लागेर बालकको मृत्यु भएको छ । शनिवार दिउँसो जिल्लाको शारदा नगरपालिका ९ ढिकमुनिका ११ वर्षीय अर्जुन बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरदेखि करिब ५ सय मिटर टाढा रहेको सुनधारा सामुदायिक वनमा साथीहरूसँग बाख्रा चराउन गएका बुढाथोकीको एक्कासि माथिबाट खसेको डुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
डुङ्गाले लागेर मृत्यु भएका बालकको शव घरमा ल्याएर राखेको भन्ने वडाध्यक्षले प्रहरीलाई खबर गरेको उहाँको भनाई छ । घटनास्थलमा पुगी आवश्यक कारबाही पुरा गरेपछि शव पोस्ट मार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।





.jpg)