ट्रेण्डिङ

होमपेज / समाज

धान बालीमा खपटे किराको प्रकोप

  सल्यान खबर डेस्क २०८० श्रावण १२ गते शुक्रबार १२:५९:०७ मा प्रकाशित

 साउन १२,सल्यान 

सल्यानमा असार पहिलो र दोस्रो साता रोपेको धान बालीमा काँडे दार खपटे किराको प्रकोप देखिएको छ ।

 जिल्लाको शारदा नगरपालिका १,२,६,७ १४, १५ फाटका खपटे किरा लागेसँगै किसानहरू चिन्तित हुन थालेका छन् । राइस हिस्पा (काँडे दार खपटे) किराको प्रयोग बढेपछि कृषि विकास कार्यालय र शारदा नगरपालिकाको कृषि प्राविधिकको टोली धान बालीमा पुगी विषादी वितरण गरेको छ । 

धानमा लाग्ने काँडादार खपटे हिस्पा को वयस्क खपटे किरा निलो कालो रङको काँडा दार पखेटा भएको हुने यो किराले नोक्सान पुु¥याएको पातमा सेता धर्सा र सेता धब्बाहरू देखिने शारदा नगरपालिका कृषि शाखाका प्रकाश खड्काले जानकारी दिनु भयो । 

बेर्नाको पातको टुप्पोमा देखिएका फूलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने,ब्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने, निममा आधारित विषादी २ मिली प्रति लिटर पानीमा मिलाएर छर्ने, प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्पर्क विषादी क्लोरपाइरिफस (डर्वान,डरमेट) १.२५ मिली प्रति लिटर पानीमा मिसाएर छर्कने। मालाथियन ५०५ इ.सी १.५ मिली प्रति लिटर पानीमा मिसाइ छर्ने गरेमा किरा नियन्त्रणमा आउने उहाँको भनाई छ । 

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेसम कुमार बस्नेतले हिस्पा किराले १५÷२० प्रतिशत पात खाँदैमा आत्तिइहाल्नु नपर्ने बताउनुभएको छ । ‘यस्तो बेलामा कृषक सजक बन्नुपर्छ, तर आत्तिनु पर्दैन ।  १५/२० प्रतिशत पात खाएको अवस्थामा धानको बोटले त्यसलाई व्यवस्थापन गर्न सक्छ, यदि त्यो भन्दा बढी नोक्सानी भएमा मात्रै उत्पादनमा असर हुन्छ’ उहाँले भन्नुभयो ।

उहाँले कृषकको धान खेतीमा क्षति नहो भनेर विषादी वितरण गरिएको बताउनुभयो । ‘हामी प्रकोप नियन्त्रणमा लागेका छौँ, हामीसँग भएको विषादी वितरण गरिसकेका छौँ, अपुग विषादी माग गरेका छौँ, २ दिन भित्रमा नपुगेको क्षेत्रमा विषादी लगेर जान्छौ  उहाँले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top