ट्रेण्डिङ

होमपेज / समाज

बनगाड खोलामा बाढीले बगाएका बालकको उद्धार

  सल्यान खबर २०८० श्रावण १० गते बुधबार १९:४८:१४ मा प्रकाशित

साउन १०,सल्यान 

 अविरल वर्षासँगै सल्यानको बन्गाड खोलामा आएको बाढीले बगाउँदै गरेका बालकलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरिएको छ । 

बनगाड कुपिण्डे नगरपालिकास्थित बनगाड खोलामा  माछा मार्न गएका बनगाड  कुपिण्डे नगरपालिका १ का ११ वर्षीय सन्देश बोहरा र १० वर्षीय आयुष पुनलाई प्रहरी र स्थानीयले उद्दार गरेका हुन  ।

बोहरालाई खोलामा आएको बाढीले बगाइरहेको थियो भने पुन खोलाको बीच भागमा फसेका थिए । इलाका प्रहरी कार्यालय सल्यानका इन्चार्ज ऋषिराम दाहालका अनुसार दुवै बालक वर्षे बिदा मनाउन बन्गाड खोलामा माछा मार्न गएका थिए ।

बन्गाड खोलामा एक्कासी बाढी आउँदा आयुष पुन खोलाको बीचमा रहेको ढुंगामा फसेका थिए भने सन्देश बोहरालाई खोलाले बगाएर करिब ४० मिटर तल पुर्‍याएको थियो ।

माछा मार्दै गरेका अन्य केही स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सल्लीबजारको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुवै बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको पनि जनाएको छ ।

वर्षाका कारण स्थानीय खोला र भेरी नदीमा पानीको सतह बढेकाले बाढी आउन सक्ने भन्दै बालबालिकालाई खोला नजिक जान नदिन पनि प्रहरीले स्थानीयहरूलाई आग्रह गरेको छ ।

ekantipur 

प्रतिक्रिया

सम्बन्धित खवर

Top