ट्रेण्डिङ

होमपेज / समाज

सवारी साधन दुर्घटनामा सल्यानमा एक वर्षमा २२ जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८० श्रावण ८ गते सोमबार १५:१९:२७ मा प्रकाशित

साउन ८,सल्यान 

सल्यानमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा २२ जनाको मृत्यु भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १६ पुरुष, ४ महिला र २ बालकको मृत्यु भएको छ । 

सो अवधिमा ८५ सवारीसाधन दुर्घटनामा परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हवल्दार कृष्ण प्रसाद मरासिनीका अनुसार ५ बस, ६ ट्रक, २० कार जिप, १० ट्याक्टर, ३५ मोटरसाइकल र ७ अटो दुर्घटनामा परेका थिए । दुर्घटनामा परी २० पुरुष, १४ महिला र ९ बालबालिका सख्त घाइते भएका थिए भने ३८ पुरुष, १९ महिला र १० बालबालिका सामान्य घाइते भएका थिए । 

आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको थियो । 

सवारीसाधनका घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको मरासिनीको भनाई छ ।  ट्राफिक नियम सम्बन्धी , सवारी साधन चालक, सहचालक, यात्रुलाई समेत जानकारी गराउने गरेको उहाँले बताउनु भयो । 

ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top