ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध बनेको १३ घण्टा पछि एक तर्फी खुल्यो राप्ती राजमार्ग

  सल्यान खबर डेस्क २०८० श्रावण ७ गते आइतबार १८:४९:३३ मा प्रकाशित

साउन ७,सल्यान 

अवरुद्ध बनेको झन्डै १३ घण्टा पछि राप्ती राजमार्ग एक तर्फी सञ्चालनमा आएको छ । 

आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडक खण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडकमाथिबाट ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको थियो ।

 दाङ तुलसीपुरबाट ढुङ्गा फुटाउन मेसिन आएपछि एक तर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । एक तर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधनहरू आ आफ्नो गन्तव्यमा गइरहेको उहाँको भनाई छ ।

 बिहानदेखि सडक अवरुद्ध हुँदा ठुला सवारीसाधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका थिए । दुई तर्फी सडक सुचारु गर्न ढुङ्गा अझै फोड्नु पर्ने खनालको भनाई छ । दिनभर साना सवारीसाधन र मोटरसाइकल भने गुडिरहेका थिए । ठुला सवारीसाधन मात्र अवरुद्ध बनेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top