ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८० श्रावण ७ गते आइतबार १४:४५:२३ मा प्रकाशित

साउन ७,सल्यान 

अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ । राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडक खण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । सडक अवरुद्ध हुँदा मोटरसाइकल र सानो गाडीहरू पास भएपनि ठुला सवारीसाधनहरू बाटोमा नै रोकिएको उहाँको भनाई छ । बिहानदेखि सडक अवरुद्ध हुँदा ठुला सवारीसाधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । 

जिल्लामा ठुलो ढुङ्गा फुटाउने कुनै साधन नहुँदा दाङ तुलसीपुरबाट बोलाइएको खनालको भनाई छ । दाङबाट साधन आउने बित्तिकै ढुङ्गा फुटाउने कार्य सुरु हुने उहाँले बताउनु भयो । सडक सुचारु हुन ५ /६ बज्न सक्ने प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top