ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको कुमाखमा चैते धानको सफल परीक्षण

  सल्यान खबर डेस्क २०८० श्रावण ४ गते बिहीबार १५:३१:३१ मा प्रकाशित

साउन ४,सल्यान  ।

 सल्यानको कुमाखमा चैते ५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि कुमाख गाउँपालिका २ मा चैते धान लगाइएको थियो । 

धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानका हेमन्त रावतले जानकारी दिनु भयो । परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन वर्षे धानको भन्दा राम्रो उत्पादन भएको उहाँको भनाई छ । 

कुमाखमा प्रति हेक्टर ५ मेट्रिक टन धान उत्पादन भएको रावतको भनाई छ । उहाँले भन्नु भयो यहाँको हावापानी, नदी किनार, पर्याप्त सिचाई सुविधा, मौसम अनुकूल हुँदा अपेक्षाभन्दा राम्रो उत्पादन भयो । 

धान जोन कार्यक्रम भएको कुमाखमा पहिलो पटक चैते धानको परीक्षण सफल भएको कार्यालयले जनाएको छ । 

वर्षे धान भन्दा चैतमा लगाएको धानको उत्पादन राम्रो भएको जनमैत्री कृषक समूहका अध्यक्ष कुमारी बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो हामीले वर्षामा मात्र धान लगाउँदै आइरहेका थियौँ तर चैतमा लगाएको धानले वर्षामा लगाएकोलाई पनि उत्पादनमा जित्दो रहेछ । 

कालीमाटी क्षेत्रका किसानले भने वषौंदेखि चैते धान लगाउँदै आइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top