ट्रेण्डिङ

होमपेज / समाज

छेत्रेश्वरी गाउँपालिकाद्धारा २३ वेडको क्वारेनटाइन स्थापना

तीन एम्बुलेन्स तयार

  सल्यान खबर डेस्क २०७६ चैत्र १५ गते शनिबार १६:२४:११ मा प्रकाशित

चैत १५, सल्यान 
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले २३ वेडको क्वारेनटाइन निमार्ण गरेको छ । कोरोना भाइरसबाट हुन सक्ने सम्भाबित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले क्वारेनटाइन स्थापना गरेको हो । 
सर्वसाधारणहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै क्वारेनटाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । 
छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकी, जयचौर स्वास्थ्य चौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५÷५ वेड र प्राथमिक स्वास्थ्य चौकी लेखपोखरामा ८ वेडको क्वारेनटाइन निमार्ण गरिएको उनको भनाई छ । 
 क्वारेनटाइनमा आवश्यक औषधि र उपकरणहरुको समेत व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताए । उनले भने  गाउँपालिकाका चार स्थानमा क्वारेनटाइन निमार्ण गरेका छौ । कारोना संक्रमित कुनै व्यक्ति आएका क्वारेनटाइनमा राखी थप उपचारका लागि बाहिर रिफर गर्ने छौं ।
 कोरोना संक्रमितहरुको सख्यामा वृद्धि आएका विद्यालय तथा सामुदायिक भवनहरु समेत प्रयोगमा ल्याउन सकिने उनको भनाई छ । 
तीन एम्बुलेन्स तयार  
यस्तै छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस सक्रमितको अत्यावश्यक उपचारका लागि तीन एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।  भाइरसको संक्रमणको आशंका लागेमा थप उपचारका लागि जानु परेमा २४ सै घण्टा सेवा दिन एम्बुलेन्स तयार पारेको अध्यक्ष केसीले बताए । 
गाउँपालिकाका जुन सुकै स्थानबाट पनि उपचारका लागि एम्बुलेन्सको प्रयोग गर्न सकिने उनको भनाई छ । 
महामारीको यस अवधिमा गाउँ टोलमा कोही शंकास्पद वा संक्रमित व्यक्ति भेटिएमा खबर गर्न उनले आग्रह गरेका छन् । साथै उनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन, भिडभाड नगर्न, अनावश्यक भेटघाट नगर्न र संयमित भएर घरमै बस्न आग्रह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top