ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे सातका वडाध्यक्ष र दलित महिला सदस्यद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

  सल्यान खबर २०८० असार २९ गते शुक्रबार १६:४४:५१ मा प्रकाशित

असार २९,सल्यान 
बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष र दलित महिला सदस्यले असाहय तथा विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्नु भएको छ । 
आर्थिक उपार्जनको स्रोत नहुँदा दैनिक गुजारा चलाउन समस्या भएका वडा न ७ का अमर परियारलाई खाद्यन्न सहयोग गर्नु भएको हो । 

वडाध्यक्ष जीवन सिहंं ठकुरीले २ बोरी चामल, १ पोका आयोडिन नुन, १ बोटल खानेतेल र ५सय नगद प्रदान गर्नु भएको छ । यस्तै दलित महिला सदस्य सीता परियारले १ बोरा चामल, १ बोटल तेल, र १ पोका लुगा धुने सरफ प्रदान गर्नु भएको छ । रोजगारीको अभावका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको वडाध्यक्ष जीवन सिहं ठकुरीले जानकारी दिनु भयो ।

 निर्वाचनका बेला जनतालाई दिएका प्रतिवद्धताहरु पुरा गर्नकै लागि वडाका गरिब परिवारलाई सहयोग गरेको उहाँको दावी छ । वडामा धेरै गरिब तथा विपन्न समुदाय रहेको बताउँदै उनीहरुको सहज जीवन निर्वाहका लागि पालिकासँग समेत समन्वय गर्दै आइरहेको ठकुरीले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top