ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  सल्यान खबर डेस्क २०८० असार २९ गते शुक्रबार ०७:३५:४१ मा प्रकाशित

असार २९,सल्यान 
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ४ बाल्लेखोलादेखि बाल्ले जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको हो ।

 दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ५ तलधरी बस्ने अन्दाजी २६ को राम बहादुर बुढाथोकीको सोही ट्याक्टरको ट्रालीले च्यापि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बाल्लेखोलादेखि बाल्लेमा निर्माणाधिन स्वास्थ्य चौकीको बालुवा लोड गरि जाने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top