होमपेज / समाज
असार २९,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका३ खानीगाउँकी १७ वार्षिय चेतना पुनको गत असार १९ गते घर नजिकैको परिवन जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते गम्भीर भएकी थिइन ।
पुनलाई टाउको, हात, मुख लगायतमा गहिरो चोट लागेर व्यहोस अवस्थामा छन । उनको हाल नेपालगन्ज नर्सिङ होममा उपचार भई रहेको छ ।अस्पतालको वेडमा जीवन मृत्युसँग लडिरहेकी छिन । स्वास्थ्यमा हाल केही मात्रामा सुधार हुँदै गएको र सहयोगी मनहरुबाट सहयोग आउने क्रम पनि जारी रहेको काका अम्मर पुनले बताएका छन । पुनका अनुसार दैनिक आइ सि यु मा ८ हजार देखि बढी खर्च लाग्ने भएकोले अहिले पनि आइ सि यु मा नै रहेको र दैनिक एक्सरे समेत गरि राख्नु पर्ने समेत बताउनु भएको छ । कमल पुन, अम्मर पुन लगायतका युवाहरूले आर्थिक सहयोग उठाएर उपचार गरिरहेका छन । उनलाई उपचारको लागि १० लाख भन्दा बढी लाग्ने डाक्टरहरुले बताएका छन । बुवा बिना उपचार गर्न धेरै समस्या भएको बताएका छन ।
चेतनाको हजुर आमाले नातिनीको उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकाले उपचारको सहयोगको सबै संग पहल गरिदिन अनुरोध गर्नुभयो । उनका अनुसार चेतनाको बुवाको पनि उक्त परिवन जङ्गलमानै रुखबाट लडेर करिब आज भन्दा १२ बर्ष पहिले मृत्यु भएको थियो । जति बेला चेतना पाँच बर्षकि थिइन, भने उनका कान्छा काकाको पनि सोही जङ्गलको भिरबाट लडेर आज भन्दा १६ बर्ष पहिले ज्यान गुमाउनु परेको रहेछ ।
उहाले भन्नू भयो ” पाँच बर्षमै बाबा गुमाएकी टुहुरि हो बाबू उस्को हामी बाहेक कोहि छैन जसरी पनि उस्को ज्यान बचाउन सहयोगको पहल गरिदिनु , २ वटा छोरा गुमाउनुको पिडा कसरी ब्यक्त गर्नु र अब नातिनी गुमाउन चाहन्न बचाउन चाहन्छु ।” भनेर गहभरी आँसु झार्दै रुनुभयो । सानै उमेरमा घरको खम्बा बुवा गुमाएकी चेतनाको परिवारमा ३ बहिनी र आमा हुनुहुन्छ चेतना जेठि छोरी हुन हाल उनको परिवार उनको हजुर आमा हजुर बुवा र माइला काका संग बस्दै आएका छ्न । उनकी आमा छोरीहरुकै पढाइ खर्च जुटाउन दैनिक मजदुरी गर्नुहुन्छ ।
आफूसँग भएको केही पैसा पनि उपचारमै सकिएको र परिवारमा आर्थिक अवस्था निकै कमजोर भएकोले र उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकोले थप उपचारको लागि आफ्नो नातिनीको जीवन रक्षाको लागि सहयोगको सबै नेपाली मनकारीहरुमा उनकी हजुर आमाले सहयोगको अपिल गर्नु भएकोछ ।
सहयोगको लागी अम्मर पुन साङ्ग्रीला बैंक सल्लीबजार खात नं 1070120042870500001 सम्पर्क 9868142473 / 9826586691 सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।





.jpg)