होमपेज / समाज
असार २४,सल्यान
कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट संक्रमित १ लाख २५ हजार ९१ पशुचौपायको उपचार गरिएको छ भने ९ हजार ९ सय १ लाई खोप लगाइएको छ ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश भर संक्रमित पशुको संख्या २ लाख ७ हजार २ सय ७३ रहेको छ । जसमा बाछा बाछी ४२ हजार ५ सय ६, गाई ४५ हजार १ सय ३०, गोरी १ लाख १६ हजार ४ सय १४ , भैँसी २ हजार ३ सय ९१ र चोरी २ सय ८२ रहेका छन् । ती मध्ये १ लाख २५ हजार बढीको उपचार गरिएको मन्त्रालयले जनाएको छ ।
महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयका निमित्त सचिज भुजले लम्पी रोग संक्रमित पशुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको बताउनु भयो ।
मन्त्रालयले रोग रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १७ हजार डोज खोप तथा अन्य औषधी खरिद गरी सबै जिल्लामा वितरण गरिएको जनाएको छ । १७ हजार खोप मध्ये हालसम्म ९ सय ९ सय १ डोज खोप लगाइएको र ७ हजार ९९ डोज खोप अझै स्टक रहेको जनाएको छ ।
यस्तै लम्पी स्किन रोगबाट प्रदेश भर सात हजार बढी पशुचौपाय मरेका छन् । कर्णालीका १० जिल्ला मध्ये जुम्ला बाहेक ९ जिल्लामा महामारीका रुपमा फैलिएको रोगबाट हालसम्म ७ हजार ६ सय ३२ पशुचौपाय मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ । जाजरकोटमा २ हजार ४ सय ३० पशुचौपाय मरेको मन्त्रालयका निमित्त सचिव राजु भुजले जानकारी दिनु भयो । उहाँका अनुसार जाजरकोटमा बाछा बाछी ३ सय ६५, गाई ५२५, गोरु १ हजार ४ सय ९५,र भैँसी ४६ मरेका छन् ।
यस्तै रुकुममा ४५७ गोरु, र ११ भैरी गरी ४६८, सल्यानमा ९५ बाछा बाछी , १९५ गाई , ६३१ गोरु र ९२ भैँसी गरी १ हजार १३, सुर्खेतमा २६१ बाछा बाछी, २६९ गाई, ४०४ गोरु र ९४ भँैसी गरी १ हजार २८ पशुचौपाय परेका छन् ।
यस्तै दैलेखमा ११५ बाछा बाछी, ६४ गाई, २९२ गोरु र ३ भैँसी ३ गरी ४७४, कालिकोटमा बाछा बाछी ८०, गाई १९७, गोरु २५० र ३ भैँसी गरी ५३०, मुगुमा ५९ बाछा बाछी , ३६ गाई र २६ गोरु गरी १२१, डोल्पामा १९ बाछा बाछी, गाई ४०, ४१ गोरु र २ चौरी गरी १०२ र हुम्लामा २५३ बाछा बाछी, ५४५ गाई, ६६८ गोरु गरी १ हजार ४ सय ६६ पशुचौपाय मरेको उहाँको भनाई छ ।





.jpg)