ट्रेण्डिङ

होमपेज / समाज

दुर्घटना  अपडेट : मृतकको संख्या ३ पुग्यो

  सल्यान खबर डेस्क २०८० असार २१ गते बिहीबार १७:०८:४१ मा प्रकाशित

असार  २१ सल्यान 
सल्यानमा गुडिरहेको बसमा विधुतको करेन्ट प्रवाह हुँदा  मृत्यु  हुनेको संख्या  तीन पुगेको छ ।

गम्भीर घाइते बस साहु  जिल्ला सल्यान छत्रेश्वरी  गाउपालिका  ६ लान्तीका अन्दाजी  बर्ष अं. ३३ ३४ को महेन्द्र ओलीको उपचार क्रममा  मृत्यु  भएको  जिल्ला  प्रहरी  कार्यालय  सल्यानले जनाएको  छ । ओलीको दाङ तुल्सिपुर स्थित राप्ती  प्रादेशिक  अस्पतालमा मृत्यु  भएको  सूचना  अधिकारी गोपाल  श्रेष्ठले जानकारी  दिनु भयो । 

यस अघि एकै घरका  रोल्पा गंगादेब गाउँपालिका वडा नं. ४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी र उहाँकै  छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगीको घटनास्थलमै मृत्यु  भएको  थियो । 

विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्र्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको बिद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार)(स्टे) मा छोईदा बसमा करेन्ट लागेको  थियोे। बसमा १९ यात्रु सवार थिए  । अन्य भने सकुशल  रहेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top