होमपेज / समाज
असार २१ सल्यान
सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा मृत्यु हुनेको सनाखत भएको छ ।
मृत्यु हुनेमा एकै घरका बाबुछोरा रहेका छन ।जिल्ला रोल्पा गंगा देब गा.पा. वडा नं. ४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी र उहाँकै छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै बस साहु जिल्ला सल्यान छत्रेश्री गा.पा. ६ लान्ती बस्ने बर्ष अं. ३३ ३४ को महेन्द्र ओली गम्भिर घाइते भएको सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भयो ।
विहिबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तगत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला बिजुलीको करेन्ट लागेको थियो ।
दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको बिद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तार)(स्टे) मा छोएको थियो ।





.jpg)