ट्रेण्डिङ

होमपेज / समाज

लुहापिङमा २० शैयाको क्वारेनटाइन

आर्थिक अवस्था कमजोर परिवारलाई दुई हजार रुपैया दिइने

  सल्यान खबर डेस्क २०७६ चैत्र १५ गते शनिबार १६:०६:०० मा प्रकाशित

चैत १५, सल्यान 
शारदा नगरपालिका सल्यानले त्रिभुवन जनमाध्यमिक विद्यालय लुहापिङमा २० शैयाको क्वारेनटाइन बनाउने भएको हो । आइतबार देखि सञ्चालनमा आउने गरी नगरपालिकाले २० शैयाको क्वारेनटाइन बनाउने भएको हो । 
नगर कार्यपालिकाको बैठकले आइतबारबाट २० शैयाको क्वारेनटाइन सञ्चालन गर्ने गरी तयारी गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । 
विद्यालयको भवन प्रयोग गरेर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएको पाइएका क्वारेनटाइनमा राखिने उनको भनाई छ । आइसोलेसनको सम्भावना नभए पनि प्रारम्भिक उपचारका लागि क्वारेनटाइन राखेर अरु व्यक्तिलाई संक्रमणबाट बचाउन यसले प्रभावकारी भूमिका खेल्ने उनको भनाई छ । 

नगर कार्यपालिकाको बैठकले नगर भित्रका स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सन्चार खर्च स्वरुप ३ हजार रुपैया उपलव्ध गराउने,नगर क्षेत्र भित्र कार्यरत सङ्घ सस्था,बजार ब्यवस्थापन समिति तथा व्यक्ति हरुले कुनै राहत प्याकेज घोषणा गर्दा नगर सङ्ग समन्वय गरेर मात्र घोषणा गर्न निर्देशित गर्ने पनि निर्णय गरेकोछ।
त्यस्तै,नगर भित्र कुनै विषम परिस्थिति निर्माण हुन गएमा र नगरवासी हरुलाइ राहत पुर्याउनुपर्ने अवस्था आएमा नगरको जुनसुकै शिर्षकको कोष बाट समेत रकम परिचालन गर्न सकिने निर्णय भएको प्रवक्ता हमालले बताए । 

आर्थिक अवस्था कमजोर परिवारलाई दुई हजार रुपैया दिइने 
यस्तै नगरपालिकाले  लकडाउन को समयभित्र अत्यावशइक् दैनिक सामग्री जोहो गर्न नसक्ने,ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवार हरुको पहिचान गरि २ हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेकोछ। 
कोरोना सङ्क्रमण लाई रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउनको समयसिमा यहि १८गते सकिने र यो प्रकृया अझै लम्बिने अवस्था देखिएपछी नगरले यस्तो निर्णय गरेकोहो।लकडाउनको समयसिमा तन्कदै गएमा त्यस्ता गरिव परिवार लाई मासिक २ हजार सहयोग गर्ने निर्णय आजको कार्यपालिका बैठकले गरेको नगरका प्रवक्ता दिपक हमालले जानकारी र्दिए।त्यस्ता गरिव परिवार पहिचान गर्ने जिम्मा वडा अध्यक्ष हरुलाइ दिइएकोछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top