ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटनाः तीन गम्भीर घाइते

  सल्यान खबर डेस्क २०८० असार २० गते बुधबार ०९:१७:२५ मा प्रकाशित

असार २०,सल्यान 
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान जिल्लाको बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकाय, ४५ वर्षीय कालि बहादुर बस्नेत र बागचौर नगरपालिका १० पिपलनेटाका ५० वर्षीय लाल बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

गम्भीर घाइते कालि बहादुर र लाल बहादुरको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ भने चालक रोकायको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार नेपालगञ्ज रिफर उहाँको भनाई छ । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top