ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका किसानलाई बाख्रा वितरण

  सल्यान खबर डेस्क २०८० असार १७ गते आइतबार १७:२७:०० मा प्रकाशित

असार १७,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले किसानलाई बाख्रा वितरण गरिएको छ । ४ वटा समूहका एक सय किसानलाई स्थानीय जातका २  सय  बाख्रा २० वटा बोका र ३६ वटा खोरहरू लागत साझेदारीमा वितरण गरिएको हो। किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/०८० कार्यक्रम मार्फत किसानलाई बाख्रा वितरण गरिएको छ ।    

बनगाड कुपिण्डे नगरपालिका  पशु सेवा शाखा कार्यालय देवस्थल सल्यानको ६० लाख  र कृषकको ५० प्रतिशत लागत साझेदारीमा  बाख्रा, बोका खोर वितरण गरिएको हो ।   प्राकृतिक बाख्रा पालन कृषक समूह वडा न ३ खानी गाउँ, आयआर्जन बाख्रा पालन कृषक समूह वडा न  ४ गर्चे, महिला बाख्रा पालन कृषक समूह वडा न ८ कौछे र पाचहारे बाख्रा पालन समूह वडा न  ११ पाचहारेमा बाख्रा पकेट क्षेत्र बनाएर बाख्रा बोका वितरण गरिएको पशु सेवा शाखा प्रमुख विना राम बुढाथोकीले जानकारी दिनुभयो। 

बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बाख्रा पालनका लागि भूगोल र हावापानी उपयुक्त ठाउँलाई नगरपालिकाले पकेट क्षेत्र घोषण गरी बाख्रा पालन व्यवसाय सुरु गरिएको बताउनु भयो ।  अनुदानमा दिइएका बाख्राबाट किसानको जीवन स्तर माथि उठाउन टेवा पुग्ने यहाँको भनाई छ । बाख्रा पालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नु भयो । 

बनगाड कुपिण्डे नगरपालिका धेरै वडाहरूमा  बाख्रा पालनका लागि उपयुक्त वातावरण भएको बताउँदै उहाँले व्यावसायिक रुपमा बाख्रा पालन अघि बढाउन किसानलाई आग्रह गर्नु भयो । किसानलाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको भनाई छ ।

 नगर उप प्रमुख पुरुषोत्तम आचार्य बाख्रा पकेट क्षेत्रमा साझेदारी अनुदान नियमित र लक्ष्य अनुसार समूहमा काम गर्न अनुरोध गर्नु भएको छ ।  पकेट क्षेत्रमा एक हजार बाख्रा पुर्‍याउन लाग्न अनुरोध गर्नु भएको छ । अनुदानले तपाईँहरूलाई सहयोग गरेको छ त्यसमा हजुरहरूको मेहनतले आय आर्जनलाई थप मद्दत पुग्ने बताउनु भएको छ । यसरी मेहनत गर्दै गएमा घरको दैनिक चलाउन समेत सहज हुने समेत उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top