ट्रेण्डिङ

होमपेज / समाज

मेसिनबाट धान रोपेर मनाइयो सल्यानमा धान दिवस

  सल्यान खबर २०८० असार १५ गते शुक्रबार २०:४६:२७ मा प्रकाशित

असार १५,सल्यान 
सल्यानमा पहिलो पटक मेसिनबाट धान रोपेर २० औं धान दिवस मनाइएको छ । आधुनिक कृषि प्रणालीको विकास र कृषि यान्त्रिकरणमा जोड दिदै मेसिनबाट धानरोप्न सुरु गरिएको छ ।

 बढी काम, समयको बचत र उत्पादनमा वृद्धि हुने अपेक्षाका साथ जिल्लामा पहिलो पटक मेसिनबाट धान रोपिएको हो । 
मेसिनबाट धान रोपेर उद्घाटन गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले परम्परागत रुपमा धान खेती गर्दा बढी समय र लागत लाग्ने तथा उत्पादन समेत कम हुने भएकाले यान्त्रिकरणका माध्यमबाट खेती गर्दा सहज हुने बताउनु भयो । 

किसानको आर्थिक, सामाजिक जीवनस्तर उकास्न कर्णाली प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको उहाँको भनाई छ । कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकास गर्नु पर्ने शर्माको भनाई छ । मेसिनबाट धान रोप्दा समय, श्रमिक र आर्थिक बजेटको समेत बचत हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण न्यौपानेले बताउनु भयो । 

सल्यानमा मध्य असारसम्म ४५ प्रतिशत धान रोपाइ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top