होमपेज / समाज
असार १४,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ८० प्रतिशत अनुदानमा लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गरौँ, समृद्ध नगर निर्माण गरौँ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागी लघु उद्यम विकास (मेडपा) कार्यक्रम उपयुक्त प्रविधिमा पहुँच तथा प्रविधि हस्तान्तरण कार्यक्रम र स्तरोन्नति तर्फ उद्यमीहरूका लागी प्रविधि हस्तान्तरण कार्यक्रम गरिएको छ ।
लघु उद्यमीहरूको २० प्रतिशत लगानी र मेडपाको ८० प्रतिशत अनुदानको प्रविधि सामाग्रीहरू हस्तान्तरण गरिएको छ । मेडपाले सीप सिकाएकाहरूलाई व्यवसायी रुपमा सिपलाई सदुपयोग गर्न र जीवन स्तर सुधार गर्न सहज होस भन्ने उद्देश्यले प्रविधि सामाग्री हस्तान्तरण गरिएको लघु उद्यम विकास सहजकर्ता स्वजना प्रधानले जानकारी दिनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य लगायत वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।
चेतनशील लघु उद्यमी समूहलाई सिलाइ कटाइ मेसिन , स्टुल ६ थान, बनगाड मिश्रण मसला लघु उद्यमी समूहलाई अटो प्याकेजिङ्ग मेसिन, डिजिटल तराजु, बाटा, बाल्टी त्रिपाल, ह्याभी मिक्स्चर मेसिन १ थान, ऊर्जा सिल लघु उद्यमी समूहलाई एक हजार लिटरको हिल ट्याङ्की १ वटा, राधाकृष्ण लघु उद्यमी समूहलाई डिजिटल काटा, सिल मेसिन, फलामे कराई, डेक्ची बाटा, बाल्टी त्रिपाल, दिदीबहिनी मौरी पालन लघु उद्यमी समूहलाई मौरी घार, पि पि सेट, घुम्टो बुट, डिजिटल काटा, कुपिण्डे ताल होमस्टे लघु उद्यमी समूहलाई फ्रिज २ वटा, बनगाड लघु उद्यमी समूहलाई सिलाइ कटाइ इन्टर लक मेसिन २ वटा र ताजा तरकारी खेती लघु उद्यमी समूहलाई मिनी हाते ट्याक्टर १ वटा हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रम बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सीप सिकेर प्रयोग ल्याउन थप सहज हुने भएको सीप सिकेकोलाई सहज हुने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको बताउनु भएको छ । दिएको सामाग्रीलाई सही सदुपयोग गरेर आत्मनिर्भर बन्न सबैलाई अनुरोध गर्नु भएको छ ।





.jpg)